अभिनेता निखिल उप्रेतीले निर्माण गरेको फिल्म ‘रुद्र’को प्रिमियर काठमाण्डौमा गरिएको छ । अतिथीहरुलाई बोलाएर करिब ३ घन्टा कुराएर माफी माग्दै फिल्मको प्रिमियर गरिएको हो ।
काठमाण्डौको गंगबुमा संचालनमा आएको बीएसआर मुभिजको अव्यवस्थित व्यवस्थापनका कारण उपस्थित पाहुनाहरुले निकै दुख पाएका थिए । पहिलो पटक प्रिमियरको आयोजना गरेको बीएसआर मुभिजले पाहुनाहरुलाई निकै अव्यवस्थित तरिकाले राखिदिदा धेरै पाहुनाहरु फर्किएका थिए ।

फिल्म हेर्नका लागि अभिनेत्री रेखा थापा, संचिता लुइटेलका साथमा फिल्मीकर्मी र पत्रकारको बाक्लो भीड लागेको थियो । रामजी लामिछानेको निर्देशनमा तयार भएको यो फिल्ममा निखिल उप्रेती, विश्व, सा रा लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्म हेरेका धेरैले यसलाई मिश्रित प्रतिक्रिया दिएका छन् । निखिलको द्धन्द्धलाई रुचाइएपनि प्रस्तुती भने कमजोर रहेको धेरैको प्रतिक्रिया छ ।

For More videos Log on to Mazzako TV