पछिल्लो समयमा पाश्र्व गायानमा निकै व्यास्थ गायक डेभिड शंकरको करिव नयाँ गीति एल्बम सार्वजनिक भएको छ । करिव ७ वर्ष पछि पुर्वेली गायक डेभिड शंकरले जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि आफ्नो दोस्रो एल्वम ‘इन्टिमेट’ सार्वजनिक गरेका हुन । कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकार राजु सिंह, महेश खड्का, विकाश चौधरी, लोक गायक तुलसी पराजुली पत्रकार डब्बु क्षेत्री गितकार शंकर अधिकारी धायाल लगायतको उपस्थितीमा एल्वम विमोचन भएको थियो ।

कार्यक्रममा गायक डेभिडको एल्बममा समाबेश ‘आइकम बिकम’ बोलको गीतको भिडियो सहित गीतको भाव बोल्ने डकुमेन्ट्री समेत देखाईएको थियो । उक्त डकुमेन्ट्री र म्युजिक भिडियो फराज अर्पणले निर्देशन गरेका छन् भने गायक स्वयमको शब्द, संगित र अभिनय रहेको छ ।

एल्बममा पाँचवटा गीत समावेश गरिएको छ । ‘म तिम्रो यादमा रुन पनि नसक्ने’ बोलको गीतमा डम्बर नेपालीको शब्द र संगित रहेको छ, भने ‘तिम्ले सुनेउ र के’ मा शब्द र संगित फराज अर्पणको रहेको छ । त्यस्तै ‘आज आफ्नै जिन्दगी’ मा विकास चौधरीको संगित छ भने शब्द शंकर अधिकारी घायलको रहेको छ । भने ‘आइकम बिकममा’ भने शब्द संगित गायक स्वम कै रहेको छ ।

अन्तिम गीत ‘छम् छम् पाउजुको तालैमा’ मा विकास चौधरीको संगित छ भने पुरन थापाको शब्द रहेको छ । त्यस्तै ‘छम् छम् पाउजुको तालैमा’ बोलको भिडियो भिमफेदि गाइजको साथमा चाडै नै छायांकन हुने गायक शंकरले बताएका छन् ।

For More videos Log on to Mazzako TV