क्लासिक ईभेन्ट र सेलिब्रेटी म्यानेजमेन्टको सहकार्यमा ‘वन डे ट्यालेन्ट हन्ट’ हुने भएको हो । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रमको घोषणा गरिएको हो । आगामी अगस्ट १९ का दिन टुडिखेलमा सम्पन्न गर्न लागिएको आयोजकले जनाएको छ । उक्त ‘ट्यालेन्ट हन्ट’ मा जो सुकैमा कुनै पनि प्रतिभा लुकेर रहेको छभने, उसले सहभागी हुन पाउने छ । कार्यक्रममा आफूमा लुकेर रहेको प्रतिभा चाहे त्यो अग्रेजी हिपहप होस् या हिन्दी क्लासिकल वा नेपाली झ्याउरे भाका जुन सुकै ट्यालेन्ट देखाउन सकिने छ ।

फारम आजैबाट लिन सकिनेछ । फारम  घर बाटै डाउनलोड  गरि भर्ना सकिनेछ । ‘वन डे ट्यालेन्ट हन्ट’ का विजेताले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद पाउन छन् ।

For More videos Log on to Mazzako TV