अक्की शर्मा नेपाली फिल्ममा भिजुअल इफेक्ट्स तथा एनिमेशनको काम गरेर चर्चामा आएका छन् । बिगत ७ बर्षदेखि भिजुअल इफेक्ट्स तथा एनिमेटरको काम गर्दै आएका अक्की शर्माले एलजी फिल्म अवार्ड २०१६ र बक्स अफिस फिल्म अवार्ड २०१६ बाट बेष्ट भिजुअल आर्टिस्टको अवार्ड हात पारिसकेका छन् । फिल्म माला र क्रिकेट सम्बन्धि फिल्म च्याम्पियनमा उनले गरेको भिजुअल इफेक्ट्सको कामबाट उनेल अवार्ड हात पारेका हुन् ।

हाल सम्म नोबेम्बर रेन, शिसा, मेघा, नाई नभन्नु ल ३, चिअर्स, लुट कम्पनी, बिर्खेलाई चिन्छस्, स्कूल गरी करिब ५० भन्दा बढी चलचित्रमा उनले काम गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV