नेपाली फिल्म क्षेत्रमा सक्रिय केही कलाकर्मी सडकमा आएका छन् । उनीहरुले, आफूहरु सरकार खोज्दै सडकमा आएको बताएका छन् । मंगलबार काठमाण्डौका विभिन्न क्षेत्रमा प्लेकार्ड बोकेर उनीहरु सरकार खोज्न निस्किएका हुन् ।
काठमाण्डौमा बढ्दो धुँवा धुलो, अव्यवस्थित शहरिकरण, हिलो आदिले गर्दा जनताले सास्ती भोगिरहेका छन् । तर, यी सबै कुरा देखेर पनि सरकार मौन छ ।

सरकार मौन बसेकाले आफूहरु सरकार खोज्न निस्किएको फिल्मीकर्मीले बताएका छन् । उनीहरुले सरकारसँग –‘यस्तो व्यथितीको अन्त्य कहिले हुन्छ ? यस्तो अस्तव्यस्तता सम्बोधन गर्ने जिम्मेवारी कसको हो ? सरकारले किन दायित्व पुरा गर्न सकिरहेको छैन ? भन्दै प्रश्न सोझाएका छन् । कलाकारहरुले आफूहरुले तिरेको करको सदुपयोग होस् भनेर समेत माग राखेका छन् ।

For More videos Log on to Mazzako TV