भदौ २ गतेबाट रिलिज हुने फिल्म ‘ग्याङस्टार ब्लूज’को फस्टलुक रिलिज गरिएको छ । फिल्मको ट्रेलर र गीत रिलिज पश्चात यसको फस्टलुक पोष्टर रिलिज भएको हो । फस्टलुकमा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी र आना शर्मा भागिरहेका छन् ।

सरोज न्यौपानेको निर्माणमा तयार भएको यो फिल्मलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । फिल्ममा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

फिल्मले प्रेममा परेको एक यूवक कसरी ग्याङस्टार बन्छ भन्ने कथालाई उठान गरेको छ ।

For More videos Log on to Mazzako TV