चलचित्र पत्रकार संघका सदस्य एवं रंग पत्रकार उत्सव रसाइलीलाई फोनबाटै धम्की दिने अभिनेत्री तथा निर्मात्री सुस्मिता केसीलाई ३ दिन भित्र लिखित स्पष्टिकरण दिन चलचित्र पत्रकार संघले अल्टिमेटम दिएको छ ।

सामाजिक संजालमा सुस्मिताले रसाइलीमाथि तल्लो स्तरको भाषा प्रयोग गर्दै स्टाटस लेखेकी थिइन् भने फोनमार्फत बाउको बिहे देखाइदिने भन्दै धम्की पनि दिएकी थिइन् ।

समाचारको बिषयमा चित्त नवुझेमा अपनाउन सकिने प्रावधानलाई मिच्दै सामाजिक संजालमा अभद्र शब्दहरु प्रयोग गरि जातीय विभेद देखाउने तथा लैंगिकतामाथि प्रश्न उठाउनुका साथै फोन तथा तेश्रो व्यक्तिको प्रयोगमा ज्यान लिनेसम्मको धम्की दिएको भन्दै संघले समग्र चलचित्र पत्रकारिता उद्योगको वदनाम गराउने नियतको देखिएको ठहर गरेको बताएको छ । संघले ३ दिनभित्र स्पष्टिकरण नदिएको खण्डमा सुस्मितासँग सम्बन्धित सम्पूर्ण गतिविधी बहिष्कार गर्ने निर्णय पनि गरेको छ ।

For More videos Log on to Mazzako TV