बारम्बार प्रदर्शन मिति सरेपनि अन्ततः फिल्म ‘मेरी कुसुम’ शुक्रबारदेखि रिलिज भयो । फिल्मको व्यापार कस्तो होला भनेर निर्माता तथा अभिनेता मोहन बोगटी कौतुहलतामा थिए । तर, फिल्मले शुक्रबार र शनिबार औषत व्यापार गर्‍यो । काठमाण्डौका केही हलमा फिल्मको व्यापार सन्तोषजनक देखेपछि उनी उत्साहित छन् ।

दुबइमा फिल्म रिलिज गरेर लगानीको ९० प्रतिशत उठाइसकेकाले पनि उनलाई नेपालको व्यापारमा पूर्ण भर पर्नु परेन ।
यो फिल्मको व्यापार वुझेपछि मोहनले भने-‘मैले सोचेको भन्दा फिल्मको व्यापार राम्रो छ । अब झनै स्तरिय फिल्म बनाउँछु ।’ उनले नयाँ फिल्मको तयारी पनि थालेको बताएका छन् ।

दर्शकले दिनुभएको मायाले उत्साहित बनाएको मोहनले बताए । अभिनेत्री हर्षिका श्रेष्ठलाई जोडी बनाएर उनले यो फिल्म बनाएका थिए । एनआर घिमिरले यो फिल्म निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV