अभिनेता पल शाह अभिनित दोश्रो फिल्म ‘म यस्तो गीत गाउँछु’ले बम्पर व्यापार ग¥यो । फिल्मको बम्पर व्यापारले यतिबेला नेपाली फिल्म क्षेत्रमा तरंग नै ल्याइदिएको छ ।
पहिलो फिल्म ‘नाइ नभन्नु ल ४’बाट ठिकठाकै चर्चामा आएका पल दोश्रो फिल्मसम्म आइपुग्दा चर्चामा छन् । धेरैले पललाई अबको स्टार भनेर समेत चर्चा गर्न थालेका छन् । तर, के साच्चै पल स्टार भएका हुन् त ?
पल शाह अभिनित यो फिल्म सफल भएपछि उनको क्रेज बढेको छ । हल–हलमा पल पुग्दा उनीसँग सेल्फी खिच्न चाहनेहरुको भिडले पनि उनको क्रेज बढेको पक्का हो ।

तर, अहिले नै पललाई स्टार भए भन्नु हतारो हुनेछ । किनकी, यो फिल्म चल्नुको पछाडि धेरै फ्याक्टरहरुले काम गरेको छ । पल अभिनित अर्को फिल्म ‘जोनी जेन्टलम्यान’ भदौको ३० गतेबाट रिलिज हुँदैछ । यो फिल्मको व्यापारले पल शाहको स्टारडम थाहा हुनेछ । यसैले, पलको स्टारडमका लागि अझै २ महिना कुर्न आवश्यक छ ।

For More videos Log on to Mazzako TV