कात्तिक २ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘रुद्रप्रिया’को फस्टलुक रिलिज भएको छ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो फिल्मलाई अभिनेत्री रेखा थापाले निर्माण गरेकी हुन् ।
रेखा फिल्मस्को प्रस्तुतीमा तयार भएको यो फिल्ममा रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिकामा छन् । सरस्वती थापा र एमके पौडेलले फिल्म निर्माण गरेका हुन् ।

सार्वजनिक भएको फिल्मको फस्टलुकमा अभिनेत्री रेखा थापाको अनुहारको एक भाग छोपिएको छ । रेखाको अनुहारको एक भाग छोपिनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । अभिनेता आर्यन र अभिनेत्री रेखाले करिब ८ बर्षपछि बोलचाल गर्दै एकसाथ फिल्म खेलेका हुन् ।

For More videos Log on to Mazzako TV