पूर्व मिस नेपाल उषा खड्गीले फिल्म निर्माण गर्ने भएकी छिन् । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म ‘आउँदै जाँदै’ को औपचारिक घोषणा गरियो । रोमान्टिक कमेडी जनरामा बन्ने फिल्मलाई झण्डै डेढ दशकदेखि मिडिया क्षेत्रमा सक्रिय उषाका श्रीमान् जीपी तिमिल्सिनाले निर्देशन गर्दैछन् ।


तिहारपछि फ्लोरमा जाने फिल्मका कलाकारहरु फाइनल भैसकेका छैनन् । फिल्ममा २५–३० वर्षका युवाहरुको प्रेम कथालाई पर्दामा उतारिनेछ । १ करोड बजेटमा बन्ने उक्त फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ । कौशल्या फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनोजलाल श्रेष्ठ हुन् । फिल्ममा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद रहनेछ । वसन्त अधिकारी चलचित्रका मुख्य सहायक निर्देशक हुन् ।

 

For More videos Log on to Mazzako TV