यहि साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘रुद्र’ को युनिट प्रमोशनको लागि हलहलमा पुगेको छ । नायक निखिल उप्रेतीलाई लिएर ‘रुद्र’ टिम बनेपाको हलदेखि राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण र पुष्पाञ्जली हलहरुमा पुगेको हो । फिल्म आउँदैछ भनेर जानकारी दिन हलहल घुमेको निर्देशक रामजी लामिछानेले बताए । उनले भने–‘रुद्रको प्रतिक्षामा दर्शकहरु हुनुहुन्छ ।’ ‘रुद्र’ मा नायक उप्रेती पहिलो पटक खलनायकको भूमिकामा प्रस्तुत भएका छन् ।

फिल्म ‘रुद्र’ हेर्नका लागि १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा जानुपर्ने हुन्छ । फिल्मले सेन्सर वोर्डबाट पिजी प्रमाण पत्र पाएको छ । निखिलसँगै फिल्ममा नव–नायक विश्व शर्मा र सारा शेर्पाली मुख्य भूमिकामा छन् । फिल्म ‘रुद्र’ को युनिटसँग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

 

For More videos Log on to Mazzako TV