अभिनेता रमेश उप्रेतीले माफी मागेपछि अहिले यसले सबैतिर तरंग छाएको छ । नेपाली फिल्म क्षेत्रमा कुनै समयका चर्चित अभिनेताले एकाएक एक कार्यक्रममा माफी मागे । रमेशले आफूले काम गरेका सबै निर्मातासँग माफी मागेका हुन् ।

आफूले अन्जानमा कुनै निर्मातार्ला दुख दिएको भए माफी दिन उनले आग्रह गरे । अमेरिकामा जानु अगाडि नेपाली फिल्म क्षेत्रमा चर्चित रहेका रमेशले निर्मातालाई निकै दुख दिने गरेको चर्चा थियो ।

तर, आफैले फिल्म ‘ऐश्वर्या’ निर्माण गरेपछि भने रमेशले निर्माताको पीडा वुझे । यसैले, उनले आफूले काम गरेका सबै निर्मातासँग कुनै दुख दिएको भए माफी दिन आग्रह गरे ।
अधिकांश कलाकारहरु अहिले निर्माता बन्ने दौडमा छन् । निर्माता बनेपछि बल्ल उनीहरुले फिल्म बनाउनेको पीडा वुझ्न थालेका छन् । रमेशले पनि बल्ल निर्माताको पीडा वुझेका छन् ।

For More videos Log on to Mazzako TV