नेपाल आइडलको टप–१८ बाट बाहरिएकी विद्या तिवारीले नयाँ गीत लिएर आएकी छिन् । विद्याको ‘हेल्लो हाई’ बोलको गीतको भिडियो हालै युट्युब मार्फत रिलिज भएको हो । उनलाई नेपालको पहिलो र्‍याप गायक गिरिस खतिवडासँग साथ दिएका छन् । भिडियोमा प्रियंका कार्कीले अभिनय गरेकी छन् । सहदेव ढुंगानाको शब्द रहेको गीतमा शिखर सन्तोषले संगीत दिएका छन् । भिडियोको निर्देशन र कोरियोग्राफी दीपेन्द्रसिंह ठकुरीले गरेका छन् ।

‘म पहिलो गीत लिएर आएकी छु । मलाई विश्वास सबैले माया गरिदिनु हुनेछ ।’, तिवारीले भनिन् । नेपाल आइडलबाट बाहरिए पछि आफ्नो संगीत यात्रा थप अघि बढाउने उनले बताइन् । हेर्नुस् भिडियो :

 

For More videos Log on to Mazzako TV