दीपाश्री निरौला निर्देशित गतबर्ष प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा’ ले अहिले सम्मको सर्वाधिक कमाइ गर्ने रेकर्ड बनायो । ‘छक्का पन्जा’ ले सय दिन मनाएपछि निर्माता दीपकराज गिरी र उनको टिमले विभिन्न सहयोगका घोषणा गर्याे। ‘छक्का पञ्जा’ सुटिङ भएको ठाउँ पनौति क्षेत्रका स्थानियलाई एम्बुलेन्स दिने घोषणा समेत गरिएको थियो । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै काभ्रेको पनौति स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई दीपकराज गिरी र दीपाश्री निरौलाले एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

फिल्म ‘छक्का पन्जा २’ को गीत सार्वजनिक कार्यक्रममा पनौतीमा अवस्थित ‘उर्गेन बचत तथा ऋण शहकारी संस्था लिमिटेड’ लाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, कलाकार केदार घिमिरे, स्वस्तिमा खड्का लगायतको उपस्थितीमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

For More videos Log on to Mazzako TV