अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’ को ट्रेलर रिलिज भएको छ । शुक्रबार साँझ रिलिज गरिएको फिल्मको ट्रेलरलाई राम्रो प्रतिक्रिया आइरहेको छ । उक्त ट्रेलरलाई यो समाचार तयार गर्दा सम्म दुई लाख ८५ हजारले हेरेका छन् भने ट्रेन्डिङ नम्वरमा दुईमा पर्न सफल भएको छ । फिल्मको ट्रेलरमा साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक सलिनमान बँनियाको केमेष्ट्रि मज्जाको देखिन्छ ।

भदौ १६ बाट अल नेपाल प्रदर्शनमा हुने फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीत अहिले चर्चामा छ, भने नव नायक सलिनमान सबैको नजरमा परेका छन् । सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा साम्राज्ञी र सलिनमानका अलवा सलोन बस्नेत, अनुभव रेग्मी, अनुरागमान सिंह कुँवर लगायत कलाकारको अभिनय रहेको छ । बसन्त सापकोटा र कल्याण सिंहको संगीत रहेको फिल्मलाई संजय लामाले खिचेका हुन् । ट्रेलर हेर्नुस् :

For More videos Log on to Mazzako TV