बहुप्रतिक्षित चलचित्र ‘६क्का पञ्जा २’ को गीत भर्खरै सार्वजनिक भएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको यस सिनेमाको  ‘ए दाजु नसमाउ’ बोलको यस गीतमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाललाई मज्जाको डान्स मुभ्सको साथमा देख्न सकिन्छ ।

सुन्दा र हेर्दा उत्तिकै मज्जा लाग्ने यस गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको आवाज रहेको छ । गीतमा प्रिन्स र अल्मोडाको संगीत रहेको छ ।

असोज ११ गतेबाट सर्वाजनिक प्रर्दशनमा आउने चलचित्र ६क्का पन्जामा दिपकराज गिरी, प्रियंका कार्की, बुद्वि तामाङ्ग, जितु नेपाल, केदार घिमिरे लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV