बलिउड अभिनेत्री कंगना रनावत फिल्म सुटिङको क्रममा घाइते भएपछि अस्पताल भर्ना गरिएको छ । फिल्म ‘मनिकर्निका’ को सुटिङको क्रममा उनको निधारमा तरवारले काटेपछि अस्पताल भर्ना गरिएको हो । फिल्मको एउटा सिनमा कंगना र निहार पाण्डे तरवार चलाई रहेका थिए । ब्यालेन्स नमिल्दा कंगनाको निधारमा तरवारले काटेर उनी घाईते भएकि हुन् ।

हैदराबाद स्थित सुटिङ स्थलमा कंगना घाइते भएपछि केही समयमै एपोलो अस्पताल लगिएको निर्माण पक्षले जनाएको छ । उनलाई आईसीसीयूमा भर्ना गरिएको र निधारमा १५ वटा टाँका लगाइएको बताइएको छ ।

For More videos Log on to Mazzako TV