अभिनेता सौगात मल्ल नेपाली फिल्म क्षेत्रका लागि चर्चित नाम हो । सौगातको अभिनयको फ्यान धेरै छन् । सौगातलाई लिएर फिल्म बनाउन चाहने निर्माताको पनि कमी छैन ।
तर, सौगातले आजसम्म फिल्म ‘लुट’ बाहेक त्यस्तो कुनै सफल फिल्म दिन सकेका छैनन् । तर, पनि सौगातमाथिको लगानीमा भने कमी आएको छैन ।
सौगात अहिले त अभिनय भन्दा पनि प्रेमका कारण बढी चर्चित छन् । पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टी श्रेष्ठको प्रेमका कारण चर्चामा रहेका सौगातलाई लिएर निर्देशक दीपेन्द्र लामा नयाँ फिल्म बनाउँदैछन् । यस्तै, फिल्म ‘लप्पन छप्पन’का निर्देशक पनि सौगातलाई नै लिएर नयाँ फिल्म बनाउँदैछन् ।

सौगातको हातमा फिल्मको कमी छैन । तर, फिल्मको प्रचारको समयमा भने सौगातलाई देख्न मुश्किल नै पर्छ । साच्चै, सौगातमाथिको लगानी निर्माताका लागि जोखिम त बन्दै गएको होइन ?

For More videos Log on to Mazzako TV