म्यूजिक भिडियोमा सफल मानिएका मोडल हुन्, पल शाह र पुष्पल खड्का । दुबै अहिले फिल्म क्षेत्रमा भविष्य कोर्ने तयारीमा छन् । पहिलो फिल्म ‘नाइ नभन्नु ल ४’बाट अभिनय क्षेत्रमा प्रवेश गरेका अभिनेता पल शाहले यसबाट सोचेजस्तो चर्चा पाएनन् । फिल्म हिट भएपनि पलको चर्चा खासै भएन । तर, दोश्रो फिल्म ‘म यस्तो गीत गाउँछु’बाट भने पल स्टार बन्ने बाटोमा दौडिएका छन् ।

पल जस्तै म्यूजिक भिडियोमा सफल मानिएका अर्का कलाकार हुन्, पुष्प खड्का । जसलाई पहिलो फिल्म ‘दर्पण छाया २’बाट निर्देशक तुलसी घिमिरेले पुष्पल बनाए । तर, विडम्बना पहिलो फिल्म नै असफल भयो । यसले पुष्पलको करिअरलाई निकै ठूलो घाटा लगायो ।

पुष्पल दोश्रो फिल्म ‘मंगलम’को पर्खाइमा छन् । छविराज ओझाको ब्यानरमा काम गरेकाले पनि पुष्पल फिल्म चल्नेमा ढुक्क छन् । तर, पल चम्किदा पुष्पलाई भने सफलता अझै हात मिलेको छैन ।

For More videos Log on to Mazzako TV