बलिउड फिल्म ‘जग्गा जासुस’ मा अभिनय गरेकी आसामी नायिका विदिशा बेजबरुआले आत्महत्या गरेकी छिन् । उनको शब गुरुग्राम स्थित सुशान्तलोकमा पंखामा झुन्डिएको अवस्थामा फेला परेको थियो । फिल्म ‘जग्गा जासुस’ मा रणबीर कपुर र कट्रिना कैफ संगै उनले समेत अभिनय गरेकी थिइन् । टिभी शोहरु समेत होष्ट गर्ने बिदिशा केही दिन अघि मात्रै मुम्बईवाट गुरुग्राम पुगेकी थिइन् ।

गुरुग्रामको सुशान्त लोक क्षेत्रको सेक्टर ४३ मा रहेको घरमा उनी भाडामा बस्थिन् । विदिशाका बुबाले उनको आत्महत्या नभएर हत्या भएको भन्दै प्रहरीमा उजुरी गरेका छन् । उनका बुबाले विदिशाको पतिसँग पटक पटक झगडा भएको भन्दै हत्यामा पतिको हात रहेको आशंका ब्यक्त गरेका छन् ।

For More videos Log on to Mazzako TV