रियल लाइफमा बेहुली नबनेपनि रिल लाइफमा भने निर्देशक दीपाश्री निरौला बेहुली बनिरहेकी छिन् । फिल्म वा भिडियो वा विज्ञापन नै किन नहोस्, दीपा बेहुली बनेकी छिन् ।
उनै, दीपालाई गायिका शोभा थापाले फेरि एक पटक पर्दामा बेहुली बनाएकी छिन् । शान्ताको स्वर, प्रशन्न पौडेलको लय तथा शब्दमा तयार भएको गीत ‘बहिनीको भिनाजु’ बोलको गीतमा दीपा बेहुली बनेकी हुन् ।
दीपासँगै यो भिडियोमा कलाकार संजोग कोइराला पनि देखिएका छन् । संजोग दीपाका श्रीमान्को भूमिका भिडियोमा देखिएका छन् । दीपाले आफूलाई बेहुली बन्दा रमाइलो लागेको बताइन् । यो गीतको भिडियो चाडै नै सार्वजनिक हुनेछ ।

For More videos Log on to Mazzako TV