फिल्म ‘संरक्षण’मा समावेश स्याड गीतको भिडियो सार्वजनिक गरिएको छ । स्वरुपराज आचार्यको आवाजमा समावेश ‘संझनाको सारंगी’ बोलको गीतको भिडियो एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । गीतमा धिरेन्द्र प्रेमर्षीको शब्द, प्रवेश मलिकको संगीत छ ।
यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र अशिष्मा नकर्मीलाई फिचरिङ गरिएको छ । नरेन्द्र महर्जन, प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहको लगानी रहेको फिल्मलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् ।

फिल्ममा निखिल उप्रेती, मलिना जोशी, रमेश रन्जन, प्रमोद अग्रहरी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो फिल्म साउनको २७ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV