गायन, नृत्य, खेलकुद र ब्युटी प्याजेन्ट सहितको बृहत कार्यक्रम हिमालयन फेष्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेष्टिभलको आर्कषणको रुपमा गायक सुगम पोख्रेल, राजु लामा, हेमन्त राना, कमल खत्री र नायिका प्रियंका कार्की रहनेछन् । प्रियंका फेष्टिभल अन्तरर्गतको ‘मिस भुटान यु एस ए’की कोरियोग्राफर पनि हुन् ।

पेन्सिलभेनिया राज्यको हेरिष्बर्ग सहरमा हुने यस भब्य कार्यक्रममा स्थापित कलाकार र सेलिब्रेटीहरु देखि नव प्रतिभाहरुको  प्रस्तुती पनि हेर्न पाईन्छ । कार्यक्रममा बिनोद गुरुङ्ग, रेन मगर, रोशन अधिकारी, जितेन्द्र गिरी, मोनिका खड्का, भिमा सन्यासी लगायतको पनि बिशेष प्रस्तुती रहनेछ ।

जुलाई २० देखि २३ सम्म चल्ने यस फेष्टिभलको तयारी सबै पुरा भएको आयोजक संस्थाका अध्यक्ष राजन गिरीले मज्जाको अनलाईनलाई जानकारी गराएका छन् । फेष्टिभल अन्तरर्गतको फुटबल खेलका लागि २७ वटा पुरुष समुह र ७ वटा महिला समुहले भाग लिदैछन् । खेलका लागि क्यानडाबाट समेट टिम आउने बताईएको छ ।

जुलाई २३ लाई हेरिसबर्गका मेयर Eric Papenfuse ले हिमालय फेष्टिभल दिवसको रुपमा आधिकारीक घोषणा समेत गरेका छन् ।

अमेरिकामा सबै एकै ठाँउमा भेला भएर मनाईने नेपालीभाषीहरु बीचको यो बिशेष पर्व, कला, साहित्य र संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनका लागि निकै ठुलो मञ्च बन्दै आईरहेको छ ।

हिमालयन फेष्टिभलको यसअघिको श्रंखला क्रमश २०१४, १५ र १६ मा हिउस्टन टेक्सस, टेनिसी र क्लिभलेन्डमा भब्य रुपमा सम्पन्न भएको थियो ।

For More videos Log on to Mazzako TV