बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफ अभिनित फिल्म ‘जग्गा जासूस’ हेरेका सुपरस्टार अमिताभ बच्चनले फिल्म निकै रोचक र राम्रो लागेकोे प्रतिक्रिया दिएका छन् । अनुराग बसुको निर्देशनमा बनेको फिल्म ‘जग्गा जासुस’ शुक्रबारबाट प्रदर्शनमा आएको हो । अमिताभले फिल्म हेरेपछि ट्वीटरमा लेखेका छन्, ‘मैले फिल्म जग्गा जासुस हेरें, अनुरागले कति राम्रो फिल्म बनाएका रहेछन् ।’ फिल्मलाई निर्देशक करण जौहरले समेत राम्रो प्रतिक्रिया दिएका छन् । निर्देशक करणले ट्वीटरमा लेखेका छन्, ‘फिल्म जग्गा जासुुसको बारेमा सुनेको थिँए, फिल्मको प्रस्तुति निकै आनन्ददायी छ र कहानी निकै असामान्य छ’ ।

उनले रणवीरको अभिनयको तारिफ गर्दै एकपटक फेरी पनि उनि राम्रो कलाकार प्रमाणित भएको बताएका छन् । करणले कट्रिनाले यो फिल्ममा अहिले सम्मै उत्कृष्ट अभिनय गरेको प्रतिक्रिया दिएका छन् ।

For More videos Log on to Mazzako TV