फिल्म ‘प्रेमगीत २’मा समावेश ‘न त हाँस्न नै सक्छु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । साउन १३ गतेबाट रिलिज हुने यो फिल्मको स्याड भर्सनको गीतमा फिल्मका मुख्य कलाकार प्रदिप खड्का र अश्लेषा ठकुरीको प्रेम पीडा देखाइएको छ ।
सन्तोष सेनको लगानीमा तयार भएको यो फिल्मलाई रामशरठ पाठकले निर्देशन गरेका हुन् । फिल्मको यो गीतमा एलिस कार्कीको संगीत, मनिष खड्काको शब्द र संसार राइको आवाज छ ।

प्रेममा विछोडिएको एक जोडीको प्रेम पीडालाई गीतमा उतारिएको छ । यो गीतले फिल्मको भाव बोकेको छ । गीतसंगीत र प्रचारप्रसारमा सफलता पाएपछि फिल्म ‘प्रेमगीत २’ले उत्कृष्ट व्यापार गर्ने आँकलन गरिएको छ ।

For More videos Log on to Mazzako TV