करिब दुई बर्ष चलचित्रको कामबाट फुर्सदमा बसेकी नायिका नन्दिता केसी चलचित्र ‘कैफियत’बाट कम ब्याक गर्दैछिन् । चलचित्र ‘पराई’मा काम गरेपछि उनले कुनै चलचित्रमा काम गरिनन् ।

चलचित्र ‘बाबरी’ र ‘मझेरी’को सुटिङ्ग पोष्टपन्ड हुनु, नायिकाको स्कीनमा समस्या आउनु र बिदेशका कार्यक्रममा ब्यस्त हुन लगायतका कारणले यति लामो ग्याप भएको नायिका केसी बताउछिन् ।

दुई बर्षको अन्तराल पश्चात उनले काम गर्न लागेको चलचित्र ‘कैफियत’मा भने उनको भुमिका अहिलेसम्मकै पृथक छ रे । ‘चलचित्रमा मेरो भुमिका यही नै हो भनेर अहिले नै लिक गर्न त मिल्दैन तर बुझ्नुस मलाई यो चलचित्रमा निकै पृथक पाउनुहुनेछ’, केसी भन्छिन् ।

चलचित्र ‘कैफियत’को विहिबार काठमाण्डौमा निर्माण घोषणा र शुभ मुहूर्त गरियो । शुभ मुहूर्त भनेर पत्रकारहरुलाई बोलाईए पनि शुभ मुहूर्तका लागि पुजाआजा र मुहूर्त सट भने कार्यक्रममा दिईएन ।

चलचित्र युनिटले मुहूर्त पुजा विहानै गणेशस्थान र दक्षिणकालीमा गएर गरिसकेको थियो । त्यसैले कार्यक्रममा पुजाआजा भएन, बरु उपस्थित सबैलाई प्रसाद र लड्ड् भने बाडियो । लड्डु बाढ्ने जिम्मा पाएकी नायिका कार्यक्रममा आर्कषणको केन्द्र बनिन् ।

चलचित्र कैफियतमा नन्दिताका अलावा मिथिला शर्मा, दिपक क्षेत्री, शंकर शाही ठकुरी, नविन श्रेष्ठ, सिपी पौडेल, किसन सुनार, सजना थापा लगातका कलाकारहरु पनि देखिनेछन् ।

चलचित्रको निर्देशन लामो समय साउथ इन्डियन फिल्ममा भि एफ एक्स आर्टिस्टको रुपमा काम गरेका दशरथ गिरीले गर्दैछन् ।

गिरीले काम गरेका साउथ इन्डियन फिल्महरुमा डन नम्बर वान, अपरिचित, चन्द्रमुखी लगायत निकै चर्चित छन् । निर्देशक गिरीले एनिमेसनमा मास्टर्स पनि गरिसकेका छन् । उनले भारतमा रहेर सिकेको कुरा भरपुर रुपमा यो चलचित्रमा उतार्ने अपेक्षा गरिएको छ ।

ओम दक्षिणकाली फिल्मस् प्रा.लिको ब्यानरमा बन्न लागेको यस चलचित्रमा लगानी चिन्तामणी बरालको रहेको छ । माधव शर्माको कथा, पटकथा र सम्वाद रहने यस चलचित्रमा संगीत अर्जुन पोखरेलको रहने छ ।

चलचित्रलाई रामेश्वर कार्कीले खिच्दैछन भने चलचित्रका द्वन्द निर्देशक अष्टमान महर्जन हुन् । चलचित्रको सुटिङ्ग चैत्र ६ गतेबाट थालिने जानकारी गराईएको छ । चलचित्र ‘कैफियत’ पोखरा र काठमाण्डौंका रमणिय ठाँउहरुमा छायांकन हनेछ ।

For More videos Log on to Mazzako TV