गायिका तथा गीतकार सदिक्षा सेजुवालको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनको ‘छोटो छोटो’ बोलको गीतको भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गरि गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । ‘छोटो छोटो’ गीतमा शंकर थापाको संगीत, सदिक्षा सेजुवालको शब्द तथा स्वर छ । यो भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् ।

भिडियोमा अनिल थापा, सदिक्षा, सुनिल क्षेत्री र नेपाली ठिटोज समुहको मज्जाको अभिनय रहेको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । गीत डस म्यूजिकले बजारमा ल्याएको छ । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV