साउथ फिल्म क्षेत्रकी चर्चित नायिका अनुष्का सेट्टी ‘बाहुवली २’ मा ‘देवसेना’ को भूमिका निर्वाहा गरेपछि चर्चित बनिन् । उनै अनुष्काको सम्पत्ती कति होला ? सुनेर तपाई छक्क पर्नुहुनेछ । साउथकी सर्वाधिक चर्चित नायिका अनुष्काको सम्पत्ती २२ मिलियन डलर रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । सानदार बंगालामा बस्ने अनुष्का १४० करोड भारतीय रुपैयाँकी मालिक्नी हुन् । हैदराबादको पाश इलाकाको जुबली हिल्सस्थित उनको सानदार घर रहेको छ । अनुष्का एउटा फिल्ममा काम गरे बापत ४ देखि ५ करोड पारिश्रमिक लिने गर्छिन् । लग्जरी कार उनलाई मन पर्छ, भने उनको साथमा महंगा कार छन् ।

‘बाहुवली २’ को प्रभास र अनुष्काको जोडी अर्को फिल्म ‘साहो’ मा नदोहोरीने भएको छ । अनुष्काको तौल बढेपछि उनले यो फिल्मबाट हात धुनु परेको हो ।

 

For More videos Log on to Mazzako TV