नेपाली फिल्मको गीत हिट भएको मापन अहिले युटुबबाट गरिन्छ । युटुबमा नेपाली फिल्मका गीत सर्वाधिक हेरिने पनि गर्न थालिएको छ । यदि, युटुबमा कसैको हिट गीत छन् भने त्यो राजनराज सिवाकोटीको नै छ । राजनराजका गीत युटुबमा २ करोडसम्मले हेरेका छन् ।

उनै, राजनराज करोड क्लबका किङ बनेका छन् । उनले सिर्जना गरेका ३ वटा फिल्मका गीत करोड भन्दा बढी पटक युटुबमा हेरिएको छ । ‘सुर्के थैली खै’लाई त २ करोड भन्दा बढी पटक हेरिएको छ । यस्तै, ‘पूर्व पश्चिम रेल’लाई पनि करोड भन्दा बढी पटक हेरिएको छ । अब, फिल्म ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतलाई पनि करोड भन्दा बढी पटक युटुबमा हेरिएको छ ।

भदौ २ गतेबाट रिलिज हुने यो फिल्मको गीतमा राजनराजले संगीत, स्वर र शब्द कोरेका छन् । निश्चल बस्नेत, आसिफ शाह र स्वस्तिमा खड्कालाई गीतमा फिचरिङ गरिएको छ ।

For More videos Log on to Mazzako TV