बर्षको तेश्रो महिनाको अन्तिम साताबाट रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको छ । शुक्रबार देशैभरी ८० प्रतिशतको अकुपेन्सीको व्यापार गरेको फिल्मले शनिबार आक्रामक व्यापार ग¥यो ।

देशैभरीका फिल्म रिलिज भएका हलहरु हाउसफूल रहे । फिल्मका मुख्य कलाकार पूजा शर्मा, पल शाहको साथमा निर्देशक सुदर्शन थापा र टिम दिनैभरी काठमाण्डौका विभिन्न हलमा पुगेका थिए ।

शनिबार काठमाण्डौको गोपीकृष्ण हलमा बिहानी शोमा ५ पर्दा हाउसफूल रहे । दिनैभरी काठमाण्डौको अष्टनारायणका ३ पर्दा हाउसफूल रहेका थिए । यस्तै, गुण, कलंकी, गंगा लगायतका सिंगल हलमा पनि दर्शकको उच्च चाप देखियो ।

शनिबार काठमाण्डौका मल्टिप्लेक्समा पनि उस्तै अवस्था थियो । मल्टिप्लेक्समा फिल्मले पाएका शो सबैमा हाउसफूल दर्शक थिए । फिल्मको २ दिने कलेक्शन सार्वजनिक भएको छैन । तर, वितरकहरुले लामो समयपछि नेपाली फिल्म हेर्न दर्शक उर्लिएको बताएका छन् । काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, हेटौडा, विर्तामोड, दमक, धरान, इटहरी लगायतका हलमा पनि दर्शकको चाप दिनैभरी रहेको वितरक मनोज राठीले बताएका छन् ।

हल–हलमा पुगेका अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा दर्शकमाझ घेरिए । उनीहरुसँग सेल्फी लिन दर्शकको तछाडमछाड भयो । दुई कलाकारले दर्शकको यही माया पाउनका लागि आफूहरुले बर्षदिन लगाएर मिहिनेत गर्ने गरेको सुनाए ।

For More videos Log on to Mazzako TV