साउन १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत २’को कभर भिडियो प्रतियोगीताबाट २५० जनालाई छानिएको छ । विश्वभरबाट आएको ८५० भिडियोमध्ये २५० वटा भिडियोलाई युटुबमा राखिएको छ ।

अब, यसबाट अन्तिम १५ लाई प्रतिस्पर्धा गराइनेछ । भदौमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा सर्वाधिक भ्यू हुने १५ कभर भिडियोले अन्तिम प्रतिस्पर्धामा भाग लिनेछन् ।

यसबाट १ जना महिला र १ जना पुरुष विजेताले जनही १-१ लाख पुरस्कार प्राप्त गर्नेछन् । सन्तोष सेनको निर्माणमा तयार भएको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । फिल्ममा, प्रदिप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन लगायतका कलाकारको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV