आजबाट रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु’ले आक्रामक ओपनिङ गरेको छ । गीतसंगीतका कारण चर्चामा रहेको फिल्मले शुक्रबार देशभरका सबैजसो पर्दाबाट आक्रामक व्यापार गरेको हो ।

शुक्रबार, काठमाण्डौको गोपि, गुण, अष्टनारायणदेखि मल्टिप्लेक्समा समेत दर्शकको बाक्लो भीड लागेको छ । गोपि, गुण, अष्टमा एउटा हलमा दर्शक नअटेर दोश्रो हलमा समेत लगाइएको छ ।

काठमाण्डौ बाहिर पनि फिल्मले व्यापार बम्पर गरेको छ । पोखरा, वुटवल, चितवन, धरान, विर्तामोड, दमक लगायतका स्थानमा फिल्मको व्यापार आक्रामक छ । काठमाण्डौका वितरक गोपाल कायस्थले यो व्यापारलाई बम्पर भनेका छन् । यस्तै, काठमाण्डौ बाहिरका वितरक मनोज राठीले पनि बम्पर व्यापार गरेको बताएका छन् ।

पल शाह र पूजा शर्मा अभिनित फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV