बलिउड नायक गोबिन्दाको फिल्म ‘जग्गा जासुस’मा रोल काटिएको विषय अहिले बलिउडमा चर्चा चलिरहेको छ । गोबिन्दाले मौखिक आग्रहमै काम गरेको बताएका छन् । उनले भने, ‘म कपुर खानदानलाई आदर गर्छु, त्यही भएका कारण बिरामी भएको वेलामा समेत गएर सुटिङ गरेँ । तर, अहिले मेरो रोल काटिएको हल्ला सुन्दैछु ।’ गोबिन्दाले ट्वीट गर्दै फिल्मसँग जोडिएका केही कुरा सार्वजनिक गरेका थिए । गोबिन्दाले भन्छन्, ‘रणबीर मेरो सिनियर कलाकारको छोरा हो, त्यसकारण उसको आग्रहलाई मान्दै मैले साइनिङ एमाउन्ट समेत नलिई काम गरेँ । तर, अहिले हटाइयो ।’

फिल्मका निर्माता समेत रहेका रणबीर कपुरले गोबिन्दाको रोल हटाउनु परेकोमा माफी माग्दै भन्छन्, ‘फिल्म पुरा नगरी सुटिङ गर्नु मेरो गल्ती हो ।’ फिल्ममा कथाको स्वरुप निकै परिवर्तन गर्नु परेकाले गोबिन्दा बाहिरिएको भन्दै सिनियर कलाकारलाई हटाउनु पर्दा दुःख लागेको बताएका छन् ।

For More videos Log on to Mazzako TV