बलिउड अभिनेता सलमान खान लाई द दबंग खान समेत भनेर चिनिन्छ । कारण, सलमानको करियरमै एक महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ मानिएको फिल्म ‘दबंग’ को भूमिका हो । एक साहसी पुलिस अफिसर चुलबुल पाण्डेको भूमिकामा सलमानको दबंग चरित्रलाई दर्शकले खुबै रुचाएका थिए । अब ‘दबंग’ फिल्म शृंखलाको तेस्रो संस्करण बन्ने पक्का भएको छ ।

सलमान र सोनाक्षी सिन्हा अभिनित दबंगको पहिलो शृंखलाको निर्देशन अभिनव कश्यपले गरेका थिए । व्यवसायिक रूपमा सफल भएको दबंगको दोस्रो शृंखलालाई अभिनवले हात झिके पछि सलमानकै भाइ अरबाज खानले निर्देशन गरे । दोस्रो शृंखला ‘दबंग–२’ पनि बक्स अफिसमा सुपरहिट साबित भयो । सुपरहिट फिल्म दबंगको तेस्रो संस्करणलाई निर्देशन गर्न प्रभु देवालाई आग्रह गरिएको छ । सलमान र प्रभुले यसअघि सन् २००८ ‘वान्डेट’ फिल्ममा सँगसँगै काम गरेका थिए ।

For More videos Log on to Mazzako TV