अभिनेत्री आँचल शर्मा र अभिनेता पल शाहको प्रेम चर्चा नेपाली मिडियाका लागि अब नयाँ रहेन । भैले यी दुइले आफ्नो प्रेम स्विकार भने गरेका छैनन् । उनै, आँचल अभिनेता पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’को प्रिमियरमा पुगिन् ।

आँचलको हट पहिरन सबैका लागि आकर्षणको विन्दुमा रह्यो । छातीको आधा भाग खुलेको र घुँडा सम्म चिरिएको वन पिसमा आँचल प्रिमियरमा पुगेकी थिइन् । आँचल र पलविच खासै बोलचाल भने भएन ।

तर, आँचल सबैभन्दा नजिक भने अभिनेत्री अशिष्मा नकर्मीसँग देखिइन् । अशिष्मा र आँचलले पोज–पोजमा तस्बिर खिचाए । अशिष्मा भने सामान्य पहिरनमा कार्यक्रममा पुगेकी थिइन् ।

For More videos Log on to Mazzako TV