फिल्मको प्रिमियर गर्नु त्यती सहज काम होइन । कारण, प्रिमियरमा गतिलो प्रतिक्रिया मिलेन भने फिल्मको शुक्रबारको व्यापार नै ध्वस्त हुन्छ । यसैले पनि निर्माताहरुले प्रिमियर गरिहाल्ने आँट गर्दैनन् ।

तर, निर्देशक तथा निर्माता सुदर्शन थापाले भने शुक्रबार रिलिज हुने फिल्म ‘म यस्तो गीत गाउँछु’को प्रिमियर बुधबार बेलुकी आयोजना गरेका छन् । सेलिव्रेटी र पत्रकारहरुको बाक्लो जमघटका विच फिल्मको प्रिमियर आयोजना गरियो ।

फिल्म हेरेपछि अधिकांशले यसको कथावस्तुलाई उत्कृष्ट भने । एउटा सरल प्रेमकथामा बनेको उत्कृष्ट फिल्म हो, धेरैको प्रतिक्रिया यस्तै मिलेको छ । यसको ब्याकग्राउन्ड म्यूजिक, छायांकन र पटकथा, संगीतको सबैभन्दा बढी तारिफ भएको छ । फिल्म हेरेपछि फिल्मीकर्मीले दिएको प्रतिक्रियाबाट यसका कलाकारद्धय पल शाह र पूजा शर्मा पनि दंग देखिए ।

फिल्म हेर्न रेखा थापा, झरना थापा, अशिष्मा नकर्मी, दीपाश्री निरौला, आँचल शर्मा, स्वस्तिमा खड्का, दयाहाङ राई, दीपकराज गिरी लगायत हलमा पुगेका थिए । ४ सय फिल्मीकर्मी र पत्रकारको प्रतिक्रियाबाट आफू अत्यन्तै उत्साहित भएको सुदर्शनले बताएका छन् ।

For More videos Log on to Mazzako TV