सुदर्शन थापा निर्देशित प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर शो सम्पन्न भएको छ । शुक्रबारदेखि देशभरका हलमा रिलिज हुने फिल्मको बुधबार राजधानी स्थित कुमारी हलमा प्रिमियर शो गरिएको हो । प्रिमियरमा धेरैले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । फिल्मको गीतसंगीत कथावस्तु, प्रस्तुती र क्लाइमेक्सलाई बेजोड रुचाइएको छ । फिल्मका मुख्य नायक पल शाह र नायिका पूजा शर्माको केमेष्ट्रीले समेत मज्जाको पनि प्रशंसा पायो । प्रिमियर नायिका रेखा थापा, झरना थापा, आँचल शर्मा, अशिष्मा नकर्मी, स्वस्तिमा खड्का लगायत हलमा पुगेका थिए । त्यसैगरि नायक दयाहाङ राई ,हाँस्य कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौला लगायत हलमा पुगेका थिए ।

लभ स्टोरी जनराको फिल्म बनाउन अब्बल मानिएका सुदर्शनको यो प्रोजेक्टले पनि प्रमाणीत गर्ने अपेक्षा धेरैले गरे । अर्जुन पोखरेलले संगीत भरेका गीत त हिट भैसकेका छन् । गीतसंगीतलाई फिल्मको खम्बा को रुपमा धेरैले लिएका छन् । फिल्मले व्यापार समेत राम्रो गर्ने निमार्ण युनिटको विश्वास छ । फोटोहरु :

     

फोटो अर्जुन गुरागाई

For More videos Log on to Mazzako TV