चलचित्र ‘मुखौटा’को प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा चलचित्रका कलाकारहरुको गेटअपलाई निकै ढंगमा प्रस्तुत गरिएको छ । शहरका माफियाहरुको कथामा चलचित्र बनेको हो ।

चलचित्र मुखौटालई अर्पण थापाले पहिलो पटक निर्देशन गरेका हुन् ।

फिल्मलाई रिफ इन्टरटेनमेन्टको प्रस्तुतीमा रबिन श्रेष्ठले निर्माण गरेका हुन् । ‘मुखौटा’मा राजेश हमाल, सुनिल थापा, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतको मुख्य भुमिका रहेको छ ।

चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन ।चन्द्र पन्तले द्वन्द निर्देशन गरेको यस फिल्मको पटकथा अर्पण र प्रतिक गुरुङले लेखेका हुन् ।चलचित्रमा संगीत जेशन कुवँरको रहेको छ भने करियोग्राफी रेनशा राईको छ ।

For More videos Log on to Mazzako TV