निकट भविष्यमै संचालनमा आउन लागेको नेपाल दर्शन टेलिभिजिनसँग असार ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ले सहकार्य गरेको छ ।
यो टेलिभिजनले ‘नेपाल दर्शन आइडल’ गर्ने भएको छ । गायन प्रतियोगिताको यो कार्यक्रमका लागि देशभर अडिसन गरिनेछ । विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उनको गीतको भिडियो समेत तयार गरिनेछ ।

यसैविच, असार २९ गते ‘नेपाल दर्शन आइडल र म यस्तो गीत गाउँछु’ टेलिभिजनले संयुक्त रुपमा काठमाण्डौको चक्रपथमा मोटरसाइकल र्याली समेत गर्ने भएका छन् । यस्तै, असार २९ गते नै देशभर रियालिटी शोको प्रचार गरिनेछ ।

यस्तै, यही कार्यक्रमको प्रचारका लागि फिल्म र रियालिटी शो आयोजकले एसिया भ्रमण समेत गर्ने बताइएको छ ।

For More videos Log on to Mazzako TV