गत वर्षको चैत्रमा रिलज भएको फिल्म ‘लप्पन छप्पन’का निर्देशक मुकुन्द भट्टले नयाँ फिल्म घोषणा गरेका छन् । निर्देशक भट्टको नयाँ ‘जो जो’ नामक फिल्ममा नायक सौगात मल्ल र अर्पण थापा अनुबन्धित भएका छन् । युरोपको स्विजरल्याण्ड, फ्रान्स, स्पेन, इटाली, र अस्ट्रेलियामा खिचिने एक्सन लभ स्टोरी जनराको फिल्म ‘जो जो’ कार्तिक अन्तिम साताबाट फ्लोरमा जाने छ ।


फिल्ममा सौगात र अर्पणका अलवा देबु श्रेष्ठ र नविन शाह समेत पक्का भएका छन् । त्यस्तै नव–प्रस्तुतिमा सिर्जना सिन्हा र फजिल अहमद फाईनल भएका छन् । फिल्म चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुनेछ । मुकुन्द भट्ट, मुकेश चौधरी र मार्को बस्नेतको पटकथा रहने ‘जोजो’ मा चिजकुमार श्रेष्ठ, देबु श्रेष्ठ र सुवोद भट्टको लगानी रहनेछ । पुरुषोत्तम प्रधानको छायाँकन, दीपक आरजेको संगीत रहने फिल्मको लागि सिमसम तामाङद्वारा सौगात र अर्पणलाई दुई महिनाको तालिम समेत दिइनेछ ।

For More videos Log on to Mazzako TV