यस वर्ष रिलिज भएको चलचित्र पत्रकार तथा समिक्षक दीपेन्द्र लामाको डेब्यु निर्देशन रहेकोे फिल्म ‘घामपानी’ ले राम्रो प्रतिक्रिया पाएको थियो । अहिले उनै निर्देशक दिपेन्द्रले अर्काे नयाँ फिल्म निर्माणको प्रारम्भ गरेका छन् । उनले निर्देशन गर्ने नयाँ प्रोजेक्टका लागि सौगात मल्ल लाई पक्का गरिएको छ । तिहार पछि फ्लोरमा जाने उक्त फिल्म आगामी वर्ष रिलिज गर्ने दीपेन्द्रले बताएका छन् ।

मातृभुमिको कथा रहने फिल्ममा म्युजिकल ह्युमरस र कमेडी रहने छ । फिल्म हिन्दु पौराणिक बाहुन समुदायसँग आधारित रहने निर्देशक दीपेन्द्रको भनाई छ । सौगात मल्लको मुख्य भूमिका रहने फिल्मको स्क्रिप्ट सामिप्यराज तिमल्सिनाको हो । फिल्मको लागि अन्य प्राविधिक र कलाकार छिट्टैनै तय गरिने निर्देशक दीपेन्द्र लामा बताउछन् ।

For More videos Log on to Mazzako TV