नेपाली फिल्म क्षेत्रलाइ सपना बनाएर यूवा यूवतीको भिडभाड त सधै नै यहाँ हुनेगर्दछ । सफलता भने फलामको चिउरा चपाएजस्तै भएको पाइन्छ । जेठ महिनाको दोश्रो हप्तामा फिल्म ‘पर्व’ रिलिज भयो । ‘काले दाई काले दाई’ बोलको गीत हिट भएपछि चर्चामा रहेको यो फिल्मले औषत व्यापार ग¥यो । यो फिल्म रिलिज अगाडि एक अभिनेत्रीको चर्चा थियो, जेबिका कार्की ।

‘सुनपानी, कारखाना’ जस्ता फिल्ममा अभिनय गरेकी जेबिकाका लागि ‘पर्व’ विशेष थियो । अगाडिका दुवै फिल्म असफल भए । जेबिका पनि ‘पर्व’कै आशमा थिइन् । फिल्म रिलिज पश्चात जेबिका नेपाली मिडियामा फाट्टफुट्ट त आइरहेकी छिन् । तर, उनले फिल्म रिलिज अगाडि भनेजस्तै, दर्शकले अभिनयको तारिफ फिल्म हेरेपछि खासै गरेनन् ।

जेविका फिल्म क्षेत्रमा नै करिअर अगाडि बढाउने सोचका साथ आएकी छिन् । तर, अझै उनलाई मिहिनेत गर्नुपर्ने देखिएको छ ।

For More videos Log on to Mazzako TV