कोही कोही कलाकारका लागि फिल्म क्षेत्र साह्रै नै कडा बनिदिन्छ । उनीहरुले जती प्रयास गरुन्, फिल्म क्षेत्र उनीहरुका लागि फाप्दैन । अभिनेत्री खुश्वु खड्काका लागि पनि अहिले यस्तै भएको छ । फिल्म क्षेत्रमा यी अभिनेत्री आएको ८ बर्ष भन्दा बढी भैसकेको छ । तर, यीनलाई फिल्म क्षेत्रले साथ नै दिएन ।

उनले अभिनय गरेको फिल्म ‘सुकुलगुण्डा’ रिलिज नै भएन । अन्य केही फिल्म रिलिज भएपनि त्यसले खासै चमत्कार गरेन । यसैले पनि फिल्म सफलता खोज्दा खोज्दै असफल भैसकेकी छिन् ।

उनले अभिनय गरेका केही फिल्म रिलिज भए, तर त्यसले व्यापारिक रुपमा सफलता कमाएन । दर्शकले पनि उनलाई खासै नोटिस गर्न सकेका छैनन् । यस्तो अवस्थामा खुश्वु अब आफूलाई फिल्म क्षेत्र नै फाप्न नसकेको बताउन थालेकी छिन् ।

For More videos Log on to Mazzako TV