अभिनेत्री अनु शाह र नीता ढुंगानाको मित्रता पनि अचम्मकै छ । नीता र अनु नेपाली फिल्म नगरिका मिल्ने साथी हुन् । अभिनेत्रीहरुको मित्रता कहिले नजिक त कहिले टाढा देखिएको हुन्छ । अनु र नीताको मित्रता पनि त्यस्तै छ ।
नीता प्रेममा पर्नु अगाडि उनको र अनुको मित्रता निकै गाढा थियो । यी दुई हरेक समय एकसाथ हुन्थे । तर, जब नीता आमेष भण्डारीको प्रेममा परिन्, यसपछि भने अनु पनि टाढा भइन् ।

तर, जब नीता प्रेमबाट अलग भइन् यसपछि भने उनलाई अनुको मित्रता संझना आयो । अहिले अनु र नीताको मित्रता फेरि प्रगाढ देखिएको छ । यी दुई हरेक स्थानमा एकसाथ पुग्न थालेका छन् ।

For More videos Log on to Mazzako TV