एसएस राजामौली निर्देशित सुपरहिट ‘बाहुबली २’ अहिले सम्मको सबै भन्दा बढि कमाई गर्ने फिल्म हो । उनले हालै आएर आफू पछुताएको बताएका छन् । उनले अभिनेत्री श्रीदेवीका बारे आफूले दिएको बयान प्रति दुःख व्यक्त गरेका हुन् । केहि समय अघि राजामौलीले श्रीदेवीलाई ‘बाहुबली २’ मा अफर गरेको तर उनले धेरै महँगो पारिश्रमिक भनेकाले आफूले स्वीकार नगरेको बताएका थिए ।

अहिले आएर राजामौली यस्तो बयान दिनू गलत भएको र आफू पछुताएको बताएका छन् । उनले एक अन्तर्वार्तामा आफूले यस्तो कुरा बाहिर ल्याउन नहुने बताए । उनले आफ्नो मनमा श्रीदेवीका लागि धेरै सम्मान भएको पनि बताए । राजामौलीले बाहुबलीमा शिवगामिनीको भूमिकाका लागि श्रीदेवीलाई प्रस्ताव गरेका थिए । पारिश्रमिकमा कुरा नमिलेपछि यो भूमिका रम्या कृष्णननले निभाएकी थिइन् ।

For More videos Log on to Mazzako TV