बलिउड फिल्म ‘डबल धमाल’को सिक्वेल ‘टोटल धमाल’बाट सञ्जय दत्तले हात झिकेका छन् । कारण, दोहोरो अर्थ लाग्ने डाइलगहरु रहेकाले उनले ‘डबल धमाल’ को सिक्वेल ‘टोटल धमाल’ छोडेको खबर बाहिर आएको थियो । तर, उनको दावी झूट साबित भएको छ । संजयले भनेका थिए, ‘मेरा बच्चाहरु ठूला हुँदैछन् र उनीहरुले मलाई यस्ता खालका डाइलग भएको फिल्ममा नदेखुन् ।’ सञ्जयले साइन गरेका अर्को फिल्म भने अझै बोल्ड विषयमा आधारित रहनेछ । उनले अभिनय गर्ने फिल्म ‘साहेब बीबी र ग्यांगस्टार’ हो । यसमा सञ्जयले ग्यांगस्टारको भूमिका निभाउने छन् ।

उनले फिल्म ‘टोटल धमाल’ छोड्नुको कारण अजय देवगण यो फिल्ममा जोडिनु हो । अजयलाई समेत यसमा खेलाइन लागेको थाहा पाउनासाथ सञ्जय फिल्मबाट हात झिकेको बताइएको छ ।

 

For More videos Log on to Mazzako TV