के आफू भन्दा आधा उमेर कान्छी सिपोरा गुरुङलाई अभिनेता रमेश वुढाथोकीले मन पराउँछन् ? भदौ २ गतेबाट रिलिज हुन लागेको फिल्म ‘भूइँमान्छे’को एक रोमान्टिक गीतमा यस्तै प्रश्नको उत्तर खोजिएको छ ।
नवराज बुढाथोकीको निर्देशनमा तयार भएको यो फिल्मको ‘जीन्दगी एउटा गीत हो’ बोलको गीतको भिडियोमा रमेशको सिपोराप्रतिको माया देखाइएको छ । अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको शब्द र प्रमोद खरेलको स्वर रहेको यो गीतको भिडियोलाई पनि प्रेमको भावमा कोरियोग्राफी गरिएको छ ।

लास पोष्र्टमार्टम गर्ने एक मानिस र एक्लै बस्ने एक यूवतीको कथालाई यो फिल्ममा उठान गरिएको छ ।

For More videos Log on to Mazzako TV