अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा असार ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘म यस्तो गीता गाउँछु’ चल्ने कुरामा विश्वस्त देखिएका छन् । सुदर्शन थापा निर्देशित यो फिल्ममा अभिनेत्री पूजा शर्माको पनि लगानी छ ।

पूजाका अनुसार यो फिल्मको कथा एकदमै मन परेकाले नै उनले निर्माण गर्ने सोच बनाएकी हुन् । यसैले पनि पूजा फिल्मको कथावस्तु, गीतसंगीत र निर्देशकको ब्रान्डका कारण फिल्म चल्नेमा ढुक्क छिन् । अर्कोतिर, फिल्मका अभिनेता पल शाह पनि निर्देशक, गीतसंगीत, कथावस्तु र आफू र पूजाको जोडीका कारण फिल्म चल्नेमा ढुक्क देखिएका छन् ।

‘मेरो एउटा साथी छ देखि प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापाको ब्रान्ड लभ स्टोरी फिल्ममा बनिसकेको छ । पल, सुदर्शन नै फिल्मको मुख्य आकर्षण भएको बताउँछन् । पल र पूजाले यो फिल्म आफूहरुको करिअरसँग जोडिएको समेत बताएका छन् ।

For More videos Log on to Mazzako TV