अन्ततः प्रेमकथामा आधारित रहेर तयार पारिएको फिल्म ‘मेरी कुसुम’को नेपाल प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र अब, देशभरका हलमा साउन ६ गतेबाट रिलिज हुने भएको छ ।
यूएइका विभिन्न राज्यमा प्रदर्शन पश्चात फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । अब, नेपालमा पनि फिल्मले दर्शकको मन जित्नेमा निर्माता विश्वस्त देखिएका छन् ।

एनआरएन घिमिरेले निर्देशन गरेको यो फिल्मलाई सुनिता शर्मा बोगटी र रविन्द्र कुँवरले मिलेर बनाएका हुन् । फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । दुबई, अवुधाबी लगायतका शहरमा दर्शकले फिल्म हेरेर मन पराएको भन्दै कलाकार बोगटीले नेपालमा पनि फिल्मको व्यापार राम्रो हुने बताए ।

For More videos Log on to Mazzako TV